“आर्टिफिसियल इन्टेलिजेन्स” मानिसको जस्तै वौद्धिक क्षमता भएको मेशिन

  • December 2, 2018


सुदिप पौडेल (अभिभारा अंक ६ मा प्रकाशित)

विज्ञान र प्रविधिको विकासले गर्दाे कयौँ अनौठा देखी अनौठा आविष्कारहरु भएका छन् । कुनै समयमा असम्भव मानिएका चिजहरु आज मानव जिवनको हिस्सा हुन पुगेको छ । अकल्पनिय र अत्भुत वस्तुहरु आज हाम्रो साथमा छन् ।

सारा व्रहमाण्ड एक वनाउने यन्त्र देखी लिएर ध्वस्त गर्ने हतियार सम्मको आविष्कार गर्न सफल भएको छ विज्ञान । विज्ञानका असिमित उत्पादनलाइ जति धेरै चर्चा गर्यो त्यती नै कम हुन्छ । तर यसमा हामी विज्ञान र प्रविधिको यस्तो नविनतम आविष्कारको चर्चा गर्दै छौँ जुन अहिले सुन्दा अपत्यारीलो र असम्भव लागे पनि भविष्यमा हाम्रो जिवनको हिस्सा वन्ने छ । जसलाइ वैज्ञानिक भाषामा आर्टिफिसियल इन्टेलिजेन्स् भनिन्छ ।

“मानव द्धारा निर्मीत निर्जिव मानव “ , यो वाक्य सुन्दा केही अचम्म लाग्न सक्छ तर यही नै आर्टिफिसियल इन्टेलिजेन्स् हो । सहज रुपमा भन्नु पर्दा मानवको वौद्धिक क्षमता समान काम गर्न सक्ने मेशिनलाइ नै आर्टिफिसियल इन्टेलिजेन्स् भनिन्छ । जसलाइ हामी धेरैले रोर्वट भन्ने नामले चिनेका छौँ । यी रोर्वट वा आर्टिफिसियल इन्टेलिजेन्स् २१ औ शताव्दिमा विज्ञानको एक नविनतम आविष्कार हो । यी नविनतम आविष्कारलाई विभिन्न क्षेत्रमा प्रयोग भइरहेको छ र अनुसन्धानहरु पनि भइ रहेका छन् । मानव हरुले गर्न नसक्ने कठिन भन्दा कठिन कामहरु यी रोर्वटहरुले सहजै गरि दिन्छन् । यति मात्र नभइ कति आर्टिफिसियल इन्टेलिजेन्स्हरु त मानिसहरुको वौद्धिक क्षमता वरावरनै काम गर्ने र संवाद गर्ने गर्छन । र यीनिहरु हेर्दा पनि मानव जस्तै देखिने गर्दछन् । मानवहरु संग सम्वाद मात्र नभइ , संवादका भाव अनुसार भावनात्मक प्रतिक्रया सम्म दिन सक्षम छन् रोर्वटहरु । सुन्दा र पढ्दा अचम्म लागे पनि यस्ता रोर्वटहरुको सफल आविष्कार भइसकेको छ । र समयको विकास संगै यस्ता रोर्वटहरु भविष्यमा मानव जिवनको हिस्सा वन्नेछन् भन्ने तथ्यलाइ हामीले नर्कान संकिदैन । यी त भए केही मानव जस्तै देखीने र भौतिक रुपमा हामीले देख्न सकिने आर्टिफिसियल इन्टेलिजेन्स् । तर हामीलाइ पत्यार नलाग्न सक्ला की हामी सवैको स्मार्ट फोन भित्र पनि रोर्वर्ट छन् भनेर । हो हाम्रो स्मार्ट फोन भित्र पनि केही सिस्टम अथवा एप्स् छन् जसलाइ सफटवेयर आर्टिफिसियल इन्टेलिजेन्स् भनिन्छ । हाम्रो स्मार्ट फोनमा भएका भ्वाइस एसिस्टेन्स् एप्पस् हरु जस्तै “सिरी , कोर्टाना र गुगल नाव आदिहरु एक आर्टिफिसियल इन्टेलिजेन्स्का प्रकारहरु नै हुन् । यी सिस्टमलाई हामीले छुन, देख्न नसकिएपनि यिनिहरुले गर्ने काम भने मानिसको वौद्धिक क्षमता वरावरनै हुने गरेको छ । जस्तो की आइफोनमा भएको सिरी वा एण्डरोइडमा भएको गुगल नाव लाइ केही वौद्धिक प्रश्न गरि हेर्नुस , त्यसले दिने जवाफले पक्कै पनि हामीलाइ चकित वनाउने छ ।

केही समय अगाडी समाचारमा सुन्नमा आएको थियो की एक रोर्वटले नागरिकता पाइन भनेर । सोफीया नामक उक्तm रोर्वटले गर्न सक्ने अत्भुत कार्यले गर्दा साउदि अरेविया सरकारले उक्त रोर्वटलाइ नागरिकता दिएको थियो । मनिस जस्तै वोल्न, संवाद गर्न सक्ने र परिस्थिति अनुसार मानव झँै भावना व्यक्तm गर्न सक्ने त्यस रोवर्ट संसारकै पहिलो नागरिकता प्राप्त गर्ने रोवर्ट भएको छ । उक्त रोर्वटलाइ हङकङको हाइसेन्स् रोवोटिक्स् नामक कम्पनिले सन् २०१५ मा उत्पादन गरेको थियो । त्यसैले नै त कम्प्यूटर विज्ञान को भाषामा अवको युगलाइ आर्टिफिसियल इन्टेलिजेन्सको युग भन्ने गरिन्छ । कुनै एक काममा मात्र केन्द्रित नभइ वातावरण र परिस्थिति अनुसार काम गर्ने र नयाँ नयाँ कुरा सिक्दै जाने हुनाले त आर्टिफिसियल इन्टेलिजेन्सलाइ मानव वौद्धिक्ता संग दाँज्ने गरिएको छ । मानव जस्तै प्रतिभा र जस्तो सुकै जोखिमपूर्ण काममा पनि प्रयोग गर्न सकिने हुनाले त अहिलेको युगमा आर्टिफिसियल इन्टेलिजेन्स्को माग वढ्दै गइरहेको छ । र वैज्ञानिकहरु पनि यस्ता नविनतम विकासमा केन्द्रित भइरहेका छन् । विकास सँग सँगै विनास भने जस्तै यस्ता आर्टिफिसियल इन्टेलिजेन्स को विकासले मानव जिवनमा के कस्ता सकारात्मक र नकारात्मक प्रभाव पार्ने छ भन्ने वारे भविष्यमा समिक्षा हुँदै जाने छ ।

Comments are closed.