वडा अध्यक्षमा भिड्दै जिल्लाकै कान्छो उम्मेदवार

  • July 2, 2017


२५ असार , पाल्पा,

देशभरी स्थानीय निकायको चुनावले माहोल ताती रहेको छ । प्रथम चरणको चुनाव सप्पन्न भैसको छ र अब दोस्रो चरण को चुनावको तयारी रहेको छ । प्रथम चरणको चुनाबमा युवाहरुको उत्साजनक सहभागीता रहयो । केही युवाहरु त कम उमेरमै (२१ बर्ष निर्वाचन आयोगले तोकेको न्युनतम उमेर ) स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी दिएर चर्चामा आए । अझ काठमाडौ महानगरकी २१ बर्षीय रन्जु दर्शनाले मतदाताको मन राम्म्रै संग जितिन । आउने दोस्रो चरणको निर्वाचनमा पनि युवाहरु सहभागीता उत्साह जनक रुपमा देखिने अनुमान रहेको छ । यसै बिचमा तानसेन नगरपालिकाको वडा न ४ का २१ बर्षीय सुदिप पौडेलले वडा अध्यक्ष पदमा उम्मेदवारि दिंदै छ्न् । सम्भवत उनी पाल्पा जिल्लाकै कान्छो उम्मेदवार हुनेछन् । जानौं युवा उम्मेदवारका बारेमा ।
को हुन् त सुदिप पौडेल ?


तानसेन नगरपालिका वडा न ४ निवासी सुदिप पौडेल उमेरले २१ वर्ष मात्र छन् । उनि हाल कम्पुटर बिज्ञान तथा सुचना प्रविधीमा स्नातक अन्तिम बर्षमा अध्यन गरिरहेका छन् । राष्ट्रिय जनमोर्चा तानसेन नगर कमिटीले उनलाइ वडा अध्यक्षमा जिल्ला पाटी संग सिफारिस गरेको थियो । र रोचक कुरा क छ भने उनी राष्ट्रिय जनमोर्चाको तर्फबाट  तानसेन नगरका मेयर पदका उम्मेदवार टिकाराम पौडेलका जेठा छोरा हुन । युवाहरुको नगर बिकासमा सहभागीता गराउन आफुले उम्मेदवारी दिन लागेको उनी वताउंछन । आफू सानै देखि हुर्किएको तानसेन नगरलाई पर्यटकिय नगर बनाउने र देश विदेशबाट लाखौं पर्यटक भित्राउने लक्ष रहेको उनले बताए । साथै सरकारी सेवा सुचनाहरु मोबाइल एप्सबाटै गर्न सकिने व्यवस्था सहितको स्मार्ट तानसेन निर्माण गर्ने अठोट रहेको उनले उल्लेख गरे ।

समाचार ः पाल्पा अन्लाइनमा प्रकाशित २०७४ जेष्ठ २८ गते

Comments are closed.