(Published on Voice of IT Magazine Vol 1 )
सुचना प्रविधि आज मानिसको जिवनसँग जोडिएको एक प्रमुख वस्तु हो । आज यसले विश्वलाई एउटा सन्जालमा जोडेको छ । आजको विश्वमा सुचना प्रविधिकै साम्राज्य छ भन्दा खासै फरक नपर्ला । सुचना प्रविधि कयौँ राष्ट्रको अर्थतन्त्रको मुख्य स्रोत वनेको छ । चिन, दक्षिण कोरिया, जापान, भियतनाम, अमेरिका जस्ता देशहरुको अर्थतन्त्रको मुख्य आधार भनेकै त्यहाँ वाट उत्पादित प्रविधिको विश्व बजारमा पहुचँ नै हो । त्यहाँको प्रयोग, अनुसन्धान र उत्पादन ल्याई विश्वको हरेक कुनामा पुर्याउने नै प्रविधिले हो र जुन प्रविधिको आविष्कार पनि यिनै देशवाट हुने गरेका छन् । जेफ वेजोस विश्वका धनि व्यक्ति हुन् र उनको कम्पनी अमेजोन प्राविधिसँग जोडिएको एक कम्पनी हो । उक्त कम्पनिको उत्पादन र सेवाहरु आज विश्वका अधिकतम जनसङ्ख्याको पहुँचमा छ । उनी संयुक्त राज्य अमेरिकाका नागरिक हुन् र उनको कम्पनी त्यहाँको अर्थतन्त्रसँग जोडिएको छ र त्यस राष्ट्रको अर्थको स्रोत वनेको छ । यसरी प्रविधिलाई विश्व बजारसम्म पु¥याएर एउटा कुनै राष्ट्रको आर्थिक स्रोत प्रविधि बनेको छ । त्यसरी सङ्क्षिप्तमा हामीले प्रविधि र अर्थतन्त्र वृद्धि एक–अर्काको परिपुरक हुन् भनेर भन्न सक्छौँ ।
अर्थतन्त्रको तीव्र विकास उच्च प्रकारको प्रविधिको प्रयोगबाटै हुन्छ । यसको प्रयोग कुनै एक भूगोलमा मात्र सीमित हुँदैन । यसको वजार विश्वव्यापी हुने गर्दछ । कयौँ कम्पनीहरु एक देशबाट सञ्चालन गरी प्रविधिको माध्यमवाट विश्वभरिका मानिसको जीवनसँग जोडिएका छन्, जसको उदाहरणका लागि कतै जानु नै पर्दैन, हामीले प्रयोग गर्ने सामाजिक सञ्जाल । हामीलाई केही अचम्म लाग्न सक्छ कि हामीले प्रयोग गर्ने सामाजिक सञ्जालबाट त्यस कम्पनीले हरेक मिनेट आम्दानी गरिरहेको हुन्छ भनेर, सामाजिक सञ्जालमा गर्ने हाम्रो कार्यले कम्पनिले ठुलो डाटा सङ्कलन गरि विश्व बजारमा विक्री गरिरहेको हुन्छ । जुन अवश्य पनि कम्पनीको र त्यस कम्पनी सञ्चालन भएको राष्ट्रको आय स्रोत हुने गर्दछ ।
कुनै प्राविधिक क्षेत्रमा मात्र नभई अन्य जुनसुकै क्षेत्रका व्यक्ति, कम्पनीहरुले प्रविधिलाई व्यापक प्रयोग गरिरहेका छन् । आज प्रमुख उद्योगहरुको वृद्धि र आर्थिक उन्नतिको मुख्य कारक तङ्खव नै सूचना प्रविधि र यससँगैको रुपान्तरण नै हो । प्रविधिको राम्रो पक्ष भनेकै छिटो र सहज सेवा हो । त्यसैले त यसको प्रयोगले समय र जनशक्त्तिको वचत गरी आम्दानीमा वृद्धि गर्दछ । कुनै एक कम्पनी वा निजी क्षेत्रले मात्र नभई सरकार र सरकारी क्षेत्रले पनि आफ्नो सेवालाई प्रविधिमा रुपान्तरण गर्नु पर्ने आवश्यक हुन्छ, जसले गर्दा सेवा छिटोछरितोसँगै राष्ट्रको खर्चमा कटौती भई आम्दानीमा वृद्धि हुन्छ ।
प्रविधिमैत्री नीतिको आवश्यकता
प्रविधिको विकाससँगै राष्ट्रले पनि आफ्नो नीति र कानुनहरु प्रविधिमैत्री बनाउँदै लैजानु पर्छ । सूचना प्रविधिको तीव्र विकासले कानुन र नीतिमा कैयौँ पटक द्विविधा उत्पन्न गरेको हुन्छ । नेपालको सन्दर्भमा पनि यसले उत्पन्न गरेको द्विविधाहरु हामीले प्रत्यक्ष रुपमा देखिरहेका छौं । आज नेपालवाट उत्पादित प्रविधिका प्रयोग विश्व बजारमा उत्कृष्ट र लोकप्रिय भएका छन् । तर नेपालको मौद्रिक नीतिले अन्तरदेशीय कारोवारमा वन्देज गरेको हुनाले त्यस्ता आविष्कारहरु सीमित भएका छन् । यहाँ आम मानिसको सहजताको लागि नयाँ नयाँ व्यवसायहरु सुरु भएका छन् । तर कानुनमा त्यसको स्पष्ट व्याख्या नहुँदा यी व्यवसायहरु धरासायी भएका छन् । यसरी नयाँ खोज र अनुसन्धानको बाधक नै हाम्रो कानुन र नीति बन्न पुगेको छ, जसको असर अवश्य पनि राष्ट्रको अर्थतन्त्रमा परेको छ ।
कुनै पनि राष्ट्रको अर्थतन्त्र वृद्धि हुन चलायमान पुँजी आवश्यक हुन्छ, जुन अर्थको सामान्य सिद्धान्त हो । यदि ठुलो मात्रामा पुँजी स्थिर रह्यो भने तरलता निम्ताउँछ, जसको प्रभाव समग्र राष्ट्रको सूचकाङ्कमा पर्ने गर्दछ । अहिले प्रविधिक क्षेत्रमा व्यवसायको ठुलो माग र आवश्यकता छ । यसले राष्ट्रको ठुलो हिस्सा समेट्ने सम्भावना पनि रहेको छ । तर उपयुक्त नीतिको अभावले यसमा लगानी आवश्यकता अनुसार हुन सकेको छैन । यस उद्योगमा सञ्चालन हुने कैयौँ कारोवार अवैध माध्यमबाट हुने गरेका छन्, जुन अर्थतन्त्रका निम्ति हानीको विषय हो । यदि यही अनुरुप नीति भएको भए यी कारोवारहरु वैध माध्यमबाट हुने र राष्ट्रले ठुलो राजश्व सङ्कलन हुने थियो । यसैलाई प्रष्ट पार्न एक उदाहरण जोड्न चाहन्छु । आज हरेक नेपालीको पहुँचमा समाजिक सञ्जाल छ र यसको मुख्य कार्यालय नेपालभन्दा बाहिर रहेको छ, जसले गर्दा यसमा हुने हरेक आर्थिक गतिविधिको राजश्व सरकारले सङ्कलन गर्न सक्दैन भने यता व्यवसायीहरुले आफनो वस्तु आम जनतासम्म पु¥याउन यही समाजिक सञ्जालको माध्यममा ठुलो रकम विज्ञापन वापत् खर्च गर्दछन् । यी सवै खर्च अवैध माध्यमबाट देश बाहिर जाने गर्दछन् । किनकि यस विषयका लागि उपयुक्त नीति छैन र जसको क्षति राष्ट्रले नै भोगेको छ । त्यसैले प्रविधिमैत्री नीति पनि राष्ट्रको प्रमुख आवश्यकता र अर्थतन्त्रको आधार पनि हो ।
यसरी सम्रगमा सूचना प्रविधि र यसको रुपान्तरणलाई अर्थिक विकासमा सँगसँगै लैजानु पर्ने आवश्यता रहेको छ । प्रविधिको सही प्रयोग र अवलम्बनले आज कयौँ राष्ट्रहरुले आफूलाई अल्पविकसितको सूचीबाट विकसित राष्ट्रको सूचीमा समावेश गरेका छन् । हाम्रो देश पनि विकसित राष्ट्रको सूचीमा समावेश हुने यात्रामा छ । यो यात्रामा प्रविधिको सही प्रयोग र सोही अनुसारको नीतिको अवलम्बनले अर्थतन्त्रलाई मजबुत बनाई समृद्धिको यात्रामा अघि बढाउने कुरामा कुनै दुईमत नै छैन ।